रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत कास्कीबाट लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
संसदिय छानबिन समितिले सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here