पक्राउ पुर्जीपछि रास्वपा कार्यालयमा कार्यकर्ताको भिड, ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा समर्थक जम्मा भएका छन् । पक्राउ गर्ने हल्ला पश्चात केही समर्थकहरु कार्यालयमा बसिरहेकोमा अहिले थप कार्यकर्ता आउने क्रम जारी छ ।

काठमाडौं वनस्थलीमा रहेको पार्टी कार्यालय परिसरमा अहिले धेरै संख्यामा प्रहरी परिचालन भएका छन् । त्यस्तै पार्टी मुख्यालयको प्रवेशद्वार पनि बन्द गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here