काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद मनिष झाले कांग्रेस महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन्। झाले रवि लामिछानेलाई पक्राउ गर्न सफल भएकामा धन्यबाद दिएका हुन् ।
शनिबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै झाले कांग्रेस महामन्त्री थापालाई धन्यवाद भनेका हुन्। सो अवसरमा उनले रवि लामिछाने पक्राउको घटनाले गगन थापा पनि नांगिएको उनले बताए।
उनले भने गगन थापा तिमी पनि नांगियौ । २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे एउटा नयाँ दल, केही पढेलेखेका मान्छे, केही नयाँ राजनीतिक अभ्यास गर्न चाहनेहरू आउँदै गर्दा उ आँत्तियो र ओलीको संगतमा मात्तियो।ु




























