सोमपाल र कुशल चम्किएको खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा हरायो

काठमाडौं । नेपालले अमेरिकामाथि रोमान्चक जित निकालेको छ । यससँगै नेपालले टी–२० आई सिरिज समेत जितेको छ । पहिलो खेल सहजै जितेको नेपाललले दोस्रो खेलमा भने संघर्ष गर्नु परेको छ ।

सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । नेपालले टस जितेर ब्याट रोजेको थियो । जसमले नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो । उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

अन्तिम ओभरमा जितका लागि नेपाललाई ७ रन आवश्यक थियो । तर, सोमपाल कामीले दुई विकेट झार्दै सो रन बन्नबाट बचाए । सुपर ओभरको बलिङमा समेत सोमपाल नै आए ।

उनले २ रन दिएर २ विकेट झारेसँगै नेपालले सहज लक्ष्य पायो । उक्त लक्ष्य कुशल भुर्तेल र कप्तान रोहित पौडेलले २ बल बाँकी छँदै पुरा गरे । यसअघि कुशल भुर्तेलको ९२ रनको सहायतामा नेपालले प्रतिस्पर्धी स्कोर बनाउन सक्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here