ओरालो लाग्यो नेप्से , कारोबारमा भने वृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७०० अंकमुनि झरेको छ ।

आज नेप्से अघिल्लो दिनको तुलनामा नेप्से ४७ दशमलव ४४ अंकले घटेको हो । आज बजार २६९७ मा कायम भएको छ । यता कारोबार रकम भने बढेको छ । गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आज ८ अर्ब १८ करोड रुपैयाँको भएकाे छ ।

आइतबार १८ कम्पनीको मूल्य बढेको छ । यता २२६ कम्पनीको मुल्य भने घटेको छ ।

आज सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.०२, विकास बैंक २.३४, फाइनान्स ४.००, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.१४, लगानी १.८९, जीवन बीमा २.४६, उत्पादन २.०५, माइक्रोफाइनान्स १.५२, निर्जीवन बीमा १.५२, अन्य १.५० तथा व्यापार समूह १.८६ प्रतिशतले घटेको नेप्सेले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here