फेरी नयाँ रेकर्ड बनाउदै बढ्यो सुनको भाउ, यस्तो छ आजको मूल्य

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ बढ्दै प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको सुन आज उकालो लागेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको २ हजार ९५ रुपैयाँ पुगेको छ। आईतबार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here