नेप्से परिसुचक ५७ दशमलव ९९ अंकले घट्यो, कारोबारमा पनि गिरावट

काठमाडौं । सोमबार नेप्से परिसुचक ५७ दशमलव ९९ अंकले घटेको छ । आज बजार २६३९ मा कायम भएर बन्द भएको हो । सोमबार कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ८ अर्ब १८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९० करोडको भएको हो ।

आज २३ कम्पनीको मूल्य बढ्दा २२१ को घटेको छ । कारोबारमा आएका सबै क्षेत्रका सूचक घटेका छन् ।

जसमध्य फाइनान्स सबैभन्दा धेरै ३ दशमलव ३८ प्रतिशतले भटेको छ । त्यस्तै बैंकिङ २ दशमलव ३०, विकास बैंक १ दशमलव७८, होटल तथा पर्यटन १ दशमलव ६६, हाइड्रोपावर २ दशमलव ०५, लगानी २ दशमलव ५१, जीवन बीमा २ दशमलव १५, उत्पादन १ दशमलव ६५, माइक्रोफाइनान्स १ दशमलव ८९, निर्जीवन बीमा १ दशमलव ७६, अन्य २ दशमलव ३४ र व्यापार समूह ० दशमलव२८ प्रतिशतले घटेको छ ।

विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा बढी १० प्रतिशत बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here