दोहोरो अंकले बढ्यो नेप्से , ४ अर्ब १७ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २५दशमलव ८८ अंकले बढेको हो । आज बजार २६ सय ६५ दशमलव ८१ को विन्दुमा पुगेर रोकिएको छ ।

अघिल्लो दिन ५ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडमा खुम्चियो ।

आज कारोबारमा आएका सबै समुहको परिसुचक उकालो लागेका छन् । जसमध्ये उत्पादनमुलक समुहको परिसुचक सबैभन्दा बढी १ सय ४८ अंकले उकालो लागेको छ ।

मंगलबार वित्त समुहको परिसुचक ९६ अंकले उकालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचक ७८, जीवन बीमा समुहको परिसुचक ६३, विकास बैंक समुहको परिसुचक ६४ र जलविद्युत समुहको परिसुचक ४५ अंकले उकालो लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here