के फेसबुकको प्रतिद्वन्द्वी बन्न सक्ला टिकटक ? चिनियाँ एपको बढ्दो लोकप्रियतामा जुकरबर्गको चासो

काठमाडौं । टिकटक इन्टरनेटको संसारमा परिचित ब्राण्ड बनिसकेको छ । खासगरी युवा पुस्तामा यसको क्रेज निरन्तर बढ्दो छ ।

रोयटर्स न्यूज एजेन्सीले सार्वजनिक गरेको आँकडा अनुसार टिकटकका मालिक बाइट डान्सले यस वर्षको सुरुवाती छ महिनामा मात्रै लगभग ८ अर्ब ४० करोड डलर कमाएका छन् ।

फेसबुकका मार्क जुकरबर्गलाई पनि टिकटकको सफलताले चिन्तामा पारेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

टिकटकको बढ्दो लोकप्रियता देखेर जुकरबर्गले आफ्नो टिमसँग भनेका थिए, ‘यो पहिलो चिनियाँ इन्टरनेट उत्पादन हो जुन विश्वभर लोकप्रिय बन्दै छ । विश्वमा धेरै जनसंख्या भएको चीन, भारत, अमेरिकाजस्ता देशका यूवाहरुमा यो निकै लोकप्रिय बन्दै छ ।’

उनका अनुसार इन्स्टाग्रामलाई टिकटकले पछाडि पारिसकेको छ ।

रिसर्च फर्म ऐपऐनी ले मोवाइलमा डाउनलोड गरिने एप्लिकेशनहरुमा विशेष ध्यान दिने गर्दछ । यस संस्थाका अनुसार टिकटकको साम्राज्य चीन भन्दा बाहिर पनि व्यापक रुपमा फैलिएको छ ।

एनालिस्ट पर्ल बन्र्सका अनुसार चीन भन्दा बाहिर एन्ड्रोइड फोन प्रयोगकर्ताले अगस्ट महिनामा मात्रै १ अर्ब १ करोड घण्टा भन्दा धेरै समय टिकटकमा बिताएका थिए । यो संख्या प्रतिशतमा तुलना गर्दा अघिल्लो महिनाको भन्दा झण्डै ४ सय प्रतिशतले बढी हो ।

बन्र्स भन्छन्, फेसबुक जस्तो सामाजिक सञ्जालको टिकटकको बढ्दो लोकप्रियता चिन्ताको विषय हो ।

हुन त टिकटकले हालसम्म अस्लिल सामग्री हटाउन नसकेकोमा बारम्बार आलोचित हुँदै आएको छ । यद्यपि यसले उसका प्रयोगकर्तामा खासै असर परेको भने देखिंदैन ।

तर टिकटक भने आफ्नो सबै भिडियो सुरक्षित र सकारात्मक रहेको दाबी गर्दै आएको छ । (बीबीसीबाट साभार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here