२० अंकले घट्यो नेप्से, कारोबार रकम ६ अर्बमाथी

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २० अंकले घटेको छ । बुधबार नेप्से २० दशमलव ४१ अंकले घट्दै २६ सय ४५ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय २४ कम्पनीका १ करोड ५७ लाख ४२ हजार बढी कित्ता सेयर किनबेच भएको छ । जसबाट ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएकामध्ये वित्त र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । १ सय ५५ कम्पनीको सेयरमूल्य घटेको छ भने ७६ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here