सरकारको सय दिने उपलब्धिमा ‘नेसनल डे कन्सर्ट’ पनि ! (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक सय दिनको उपलब्धि सुनाएका छन्। सरकार गठनको १०० दिन पुगेको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’लाई पनि उपलब्धिको रुपमा प्रस्तुत गरेका हुन् ।

‘यस वर्षको संविधान दिवसमा पहिलोपटक ‘नेसनल डे कन्सर्ट’ आयोजना गरियो । जहाँ विभिन्न विधाका कलाकार नव युवाहरू र सबै पेसा र व्यवसायका युवाहरूले भेला भई खुसी साट्ने मौका पाए,’ ओलीले भने, ‘यसरी हामीले संविधान दिवसलाई राष्ट्रिय उत्सवको रूपमा परिणत गर्‍यो ।’ संविधान दिवसको अवसरमा असोज ३ गते दरबारमार्गमा कन्सर्ट आयोजना गरिएको थियो ।

प्रधानमन्त्री ओलीले पनि कन्सर्टमा सहभागी भएर सांगीतिक प्रस्तुति हेरेका थिए । उक्त कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान, स्वप्न सुमन लगायत गायक-गायिका सहित चर्चित ब्याण्डहरु कुटुम्ब र एलिमेन्ट्सले समेत प्रस्तुति दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here