चाइना चेम्बर र एनसीसीआई वीच छलफल, पर्यटन र व्यापार प्रवद्र्धनमा कुराकानी

काठमाडौं, २६ असोज । चाइना तिब्बत चेम्बर अफ ब्रोडर ट्रेडका अध्यक्ष लापा ट्राइंगले तथा नेपाल चीन उद्योग वाणिज्य संघ वीच द्विपाक्षीय आर्थिक व्यापारिक तथा पर्यटन प्रवद्र्धनका विषयमा छलफल भएको छ ।

छलफलका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र तिव्वत वीचको सदियौं पुरानो सुमधुर सम्बन्धलाई थप सुद्दृढ गर्न आर्थिक तथा लगानी प्रर्बधन, पर्यटन, कृषिको बिकास, व्यापार मेला मार्फत उत्पादनको प्रवद्र्धन गर्न तत्पर रहेको कुरा बताए ।

अध्यक्ष तुलाधरले हाल दुइ देश बिचको बद्दो व्यापार घाटा कम गर्न चीनमा आयोजना हुने व्यापार मेलामा सहभागितामा बृद्धि गर्दै निर्यात वढाउने तथा बढी भन्दा बढी चीनीया पर्यटन नेपाल भित्र्याउन सहयोगका लागि आग्रह गरे ।
साथै उनले लगानीका लागि पर्यटन, कृर्षि, जलश्रोत तथा पुर्वाधार उपयुक्त क्षेत्र रहेको समेत बताए ।

चाइना तिब्बत चेम्बर अफ ब्रोडर ट्रेडका अध्यक्ष लापा ट्राइंगले निकट भविष्यमा नै तिव्वतको ल्हासामा एक व्यापारिक मेलाको अयोजना गर्ने तथा नेपालमा हुने मेलामा समेत चीनीयाँ व्यापारिहरुको सहभागिता बृद्धि गर्दै लाउने बताए ।

साथै दुई संघ वीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको हुनाले सम्झौता अनुरुप संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधिकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरुको आदान प्रदान गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here