अर्थतन्त्र सुधारका लागि नागरिक र विज्ञसँग आयोगले माग्यो सुझाव

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने कामबारे आम नागरिक, उद्योगी व्यवसायी, संघसंस्था, सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता तथा विज्ञहरुबाट सुझाव माग गरेको छ । पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित आयोगले ६ महिनाभित्र सरकारलाई आर्थिक सुधारका लागि सुझावहरु दिनेछ । सरकारले असोज २१ गते गठन गरेको आयोगले सरकारलाई सुझाव दिनकै लागि आम नागरिक, व्यवसायी, लगानीकर्ता, विज्ञहरुबाट सुझाव माग गरेको हो ।

आयोग सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल छन् ।

सुझाव दिन चाहने आम नागरिक, वैदेशिक लगानीकर्ता, विज्ञ तथा व्यवसायीहरुले आगामी मंसिर १५ गतेभित्र आयोगको सचिवालय हरिहर भवन ललितपुरमा पुग्नेगरी सुझाव पठाउन सक्ने बताइएको छ । त्यस्तै इमेल ठेगाना एचएलईआरएसी एटएमओएफ डट् जीओभी डट् एनपीमा पठाउन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here