एभरेष्ट कलरको आईपीओ तयारी, रु. २६ करोड चुक्ता पुँजीमा १५ प्रतिशत सर्वसाधारणलाई बेच्ने

`
काठमाडौं । रङ उत्पादक कम्पनी एभरेष्ट कलर लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि सेयर जारी गर्ने प्रस्ताव गरेको छ । आगामी मंसिर १ गतेका लागि बोलाइएको साधारण सभामा आईपीओको प्रस्ताव प्रस्तुत गरिने निर्णय कम्पनीको सञ्चालक समिति बैठकले गरेको छ ।

हालको योजनाअनुरुप आईपीओ जारी गर्न सकेमा एभरेष्ट कलर पेन्ट उत्पादक कम्पनीहरुमा पहिलो हुने पनि बताइएको छ । रु. २६ करोड चुक्ता पुँजी रहेको कम्पनीले १५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने बताएको छ । यसअनुसार कम्पनीले रु. ३ करोड ९० लाख बराबर हुन आउने ३ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बेच्नेछ ।

कम्पनीको आगामी साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट कम्पनीको सञ्चाक समितिमा प्रतिनिधित्व गर्ने पाँच जना सञ्चालकको पनि निर्वाचन गर्नेछ ।

यो पनि पढ्नुस्ः
प्राधिकरणले काट्यो उद्योगको लाइन, बील तिर्न अटेरी-सरकारले लिएन पहल
अमेरिकाबाट अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here