सोमवार पनि घट्यो सुनको भाउ, प्रतितोला ७० हजारमा कारोबार

काठमाडौं, २७ असोज । छापावाल सुनको मूल्य सोमवार पनि घटेको छ ।

आइतवार प्रतितोला ७० हजार १ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमवार १ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

सोमवार तेजावी सुनको मूल्यमा पनि १ सय रुपैयाँले कमी आएको छ । आइतवार प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन सोमवार ६९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

सोमवार चाँदीको मूल्य भने यथावत नै रहेको छ । आइतवार प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार पनि ८ सय ४५ रुपैयाँ नै कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here