९ अंकले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचक ९ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव आएकोमा अन्तिम समयमा ९ दशमलव१९ अंकले घटेको छ । बजार २६ सय १७दशमलव ९५ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक उकालो लागेको छ । आज बैंकिङ, विकास बैंक, लगानी, उत्पादनमुलक, लघुवित्तलगायतका ८ समुहको परिसुचकमा भने गिरावट आएको छ ।

आज कुल ३ सय २० कम्पनीका १ करोड ११ लाख ३४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँ पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ४१ कम्पनीको सेयरमूल्य घटेको छ । यता ९१ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here