धनतेरसमै बढ्यो सुनको भाउ, हालसम्मकै उच्च मूल्य कायम

काठमाडौं । आज तिहारको पहिलो दिन अर्थात धनतेरस । धनतेरसमा सुन तथा सुनका गहना किन्दा धन दौलत बढ्ने विश्वास रहिआएको छ । तर यस पटक सुनको भाउ उच्च हुँदा आज सुनको विक्री तुलनात्मक रुपमा घट्ने व्यवसायीहरु बताउँछन् । आज असर्फी लिन बिहानैदेखि टक्सार महाशाखामा भिड लागेको छ ।

टक्सार महाशाखाका अनुसार २ दशमलव ५ ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको हो । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ ।

यसैबीच आज स्थानीय बजारमा सुनको भाउ तोलामै १५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २०६५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २१०५ रुपैयाँ पुगेको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here