टिभिएस भाइवरको साथमा डाउनलोड एण्ड विन चाडपर्व अफर

काठमाडौं, २७ असोज । जगदम्बा मोटर्सले नेपालका लागि टिभिएस दुई पाङग्रे सवारी साधनले डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ ।

प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टीकर बजारबाट टिभिएस बाइकर्स मेनिया स्टीकर प्याक डाउनलोड गर्नुपर्ने कम्पनीले बताएको छ ।

विजेताहरु लक्की ड्र मार्फत चयन गरिने र उनीहरुले आकर्षक उपहार साथै एक जना भाग्यशाली विजेताले बम्बर उपहार स्वरुप टिभिएस जुपिटर क्लासिक प्राप्त गर्नेछन् । यो अभियान २६ सेप्टेम्बरबाट शुरु भएर २ महिनासम्म जारी रहने कम्पनीले बतायो ।

यो स्कुटर १०९ सीसी पावरसहित ४ वटा एयर कुल स्ट्रोक इनजीन भएको प्रति घण्टा ८५ किलोमिटर शीर्ष स्पीड रहेको छ । टिभिएस जुपिटर क्लासीकको सिटको उचाइ ७६५ एमएम रहेको छ ।

यसै अवसरमा जगदम्बा मोटर्सका एमडी शाहिल अग्रवालले भने, ‘हामी सदैव हाम्रा ग्राहकहरुलाई अतिरिक्त लाभ प्रदान गर्न नयाँ तथा नविनतम योजना ल्याइरहेका छौं जुन हाम्रो बिक्र्रीसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको छ । हामीलाई विश्वास छ कि यो प्रयासलाई सबैले प्रशंसा गर्नेछन् र हामीले अत्याधिक प्रतिक्रियाहरु प्राप्त गर्नेछौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here