रसुवागढी-केरूङ राजमार्ग आजदेखि सञ्चालनमा

काठमाडौं । एक महिनादेखि बन्द रसुवागढी-केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको छ। अविरल वर्षाले क्षती पुगेको सो राजमार्ग आजसम्म बन्द थियो । गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भू९भागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याईएको हो ।

आज बिहानबाट चिनीयाँ साना सवारी तथा नेपाली मालबाहक कन्टेनरहरु केरुङबाट रसुवागढी नाका हुँदै नेपाल भित्रिएका छन् ।

रसुवागढी–केरूङ खण्ड अन्तर्गत ठोङ्सानजिक चिनियाँ पाखामा पहिरो जाँदा सडक अवरूद्व भएको थियो । त्यस्तै भोटेकोशी नदीको बाढीले सडक बगाएका कारण यो नाका असोज १२ गतेदेखि बन्द थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here