नेप्से ४६ अंकले बढ्दा ६ अर्बको कारोबार, सेयर बजारमा बढ्यो उत्साह

काठमाडौं । मंगलबार नेप्से परिसुचक ४६ दमलव ६९ अंकले बढेको छ । आज सेयर बजार २६ सय ९२ को विन्दुमा पुगेर रोकिएको हो ।

कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिम समयमा उच्च अंकसहित बढेको हो ।

आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लाग्दा २ सय २१ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यता १७ कम्पनीको सेयरमूल्य भने घटेको छ ।
आज ३ सय १९ कम्पनीका १ करोड ३३ लाख ७३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँ भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here