१२ अंकले घट्यो नेप्से, २२ करोडको कारोबार

काठमाडौं, २७ असोज । सोमवार नेप्से परिसूचक १२.०५ अंकले घटेर १ हजार १ सय ३६.९६ अंकमा झरेको छ । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा १.०५ प्रतिशत कम हो ।

सोमवार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स २.७६ अंकले घटेर २ सय ४९.१७ अंकमा झर्यो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा १.१० प्रतिशत कम हो ।

सोमवार सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै होटल समुहको सूचक घट्यो । होटलको सूचक २.९१ अंकले घट्यो ।
त्यस्तै, बैकिङ्ग समुहको १.२७ प्रतिशत, र्निजीवन बिमा कम्पनीको १.१६ प्रतिशत, फाइनान्स समुहको १.१० प्रतिशत घट्यो भने अन्य समुहको सूचक सामान्य अंकले घट्यो ।

सोमवार १ सय ५३ कम्पनीको ८ लाख ३३ हजार ७ सय ५३ कित्ता शेयर किनबेच हुँदा २१ करोड ८६ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै रिडी विद्युत कम्पनीका शेयर धनीले कमाए । कम्पनीको शेयर मूल्य ५.८४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा साईनर्जि पावर विकास लिमीटेड रहेका छन् । पावर विकासको शेयर मूल्य ६.५० प्रतिशत घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार गर्नेमा प्रभु बैंक रहेको छ । बैंकले २ करोड ६५ लाख ७३ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here