महामारी सम्झौता समतामूलक बनाउन एएचएफको माग

काठमाडौं । एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) ले विश्व स्वस्थ्य संगठनको महामारी सम्झौता समतामूलक हुनु पर्नेमा जोड दिएको छ । अहिले तयारी गरिएको सम्झौताले नेपाल लगायतका विकासोन्मुख देशहरु आपतकालिन महामारीको समयमा तत्काल सेवा पाउनबाट बञ्चित हुन सक्ने भन्दै फाउण्डेशनले त्यस्तो सम्झौता मनाव अधिकार विरुद्ध हुने समेत बताएको छ ।

काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रियामा आफ्ना विचार राख्दै एएचएफका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दिव्यराज जोशिले महामारीमा आपतकालिन स्वास्थ्य उपचार सेवामा एशिया र अन्य क्षेत्रका अति कम विकसित मुलुकले समेत लाभ लिन सक्नुपर्ने र यस्तो आवाज सम्वन्धीत निकायसम्म पुगोस भन्ने उद्धेश्यले विश्वभर सेभ आवर सोसाइटी अभियान सुरु गरिएको बताए ।

सोही कार्यक्रममा आफ्ना विचार राख्दै एएचफका प्रोग्राम एण्ड मार्केटिङ को अर्डिनेटर राधेश्याम श्रेष्ठले विगतका महामारीहरुमा भ्याक्सीन र कतिपय उपचारात्मक तथा निरोधात्मक स्वास्थ्य सेवा र उपकरणको वितरण समतामुलक नभएको र त्यसले कायौ मुलुकहरुले उच्च क्षति बेहोर्नु परेको भन्दै त्यस्ता घटना पुन नदोहोरीयोस् भन्ने उद्धेश्यका साथ अभियान सञ्चालन गरिएको प्रष्ट पारे ।

सन् २०१९ को कोभिड र त्यस यताका अन्य कयौं महामारीका घटनाबाट पाठ सिकेर सम्झौतालाई सवैको पहुँच योग्य बनाउनु पर्ने उनको मत छ । विश्वस्वास्थ्य संगठनको उक्त महामारी सम्झौंता अन्तिम चरणमा छ । उक्त सम्झौंता जस्ताको त्यस्तै पारीत गरिए त्यो धनि र शक्ति राष्ट्रहरको पक्षमा मात्रै हुने र विश्वको ठुलो जनसंख्यालाई महामारी सम्झौताले छुन नसक्ने भन्दै उक्त प्रस्ताव परिमार्फजन सहित पारीत गर्नुपर्नेमा जोड दिइएको हो ।

सम्झौतालाई समतामुलक बनाउन खासगरि क्षेत्रिय उत्पादन क्षमता अभिवृद्धि गरिनुपर्ने, महामारी प्रतिकार्य सम्वन्धी प्रविधि हस्तान्तरण गरिनुपर्ने, दिगो आर्थिक व्यवस्थापनको ग्यारेन्टी हुनुपर्ने तथा नागरिक समाज र संस्थाहरुलाई समेत सम्झौताले समेट्न पर्नेमा जोड दिइएको छ

एएचएफ एचआइभीमा काम गर्ने अन्तराष्ट्रिय संस्था भएपनि यसले समय समयमा क्रस कटिङ विषयका रुपमा यस्ता जनस्वास्थ्य सवालहरुमा अभियानहरु समेत सचालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here