काठमाडौं । नेपाली महिला फुटबल टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । बुधबार काठमाडौंमा भएको साफ महिला फुटबल प्रतियोगिताका उपविजेता टोलीसँग प्रधानमन्त्री ओलीले आज भेट गरेका हुन् ।
भेटमा खेलाडीले आफूहरुले सरकारबाट पाउनुपर्ने साथ सहयोग नै नपाएको भन्दै गुनासो व्यक्त गरेका छन् । बुधबार खेलाडी प्रीति राईले अहिलेसम्मको आफूहरुको प्रदर्शनबाट सन्तुष्ट नै रहे पनि सरकारको भूमिका प्रति असन्तुष्टि जनाएकि छिन् ।
‘जुन खेलाडीहरुलाई हरेक कुरामा साथ चाहिनुपथ्र्यो त्यो पाएका छैनौं’, भेटमा राईले भनिन्, ‘म्यानेजमेन्टको कुरामा, स्मोस्नली सपोर्टमा । हामी खेलाडीलाई खेलको मात्रै समस्या भएमा मात्रै हामी सबै जना फ्रि हुन्थ्यौं ।’
खेलाडी भएवापत् सरकार र सरोकारवाला निकायबाट पाउनुपर्ने साथ नपाउँदा खेलमा पनि आफूहरु ‘डिस्ट्रयाक्ट’ हुनुपरेको गुनासो उनले गरिन । ‘हामीलाई मन लागेर खेल्न सक्ने वातावरण बनाइदिनोस् !’ उनले भनिन्, ।