भारतको उत्तराखण्डमा बस दुर्घटना, कम्तिमा ३६ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ। अलमोरा जिल्लामा ४५ सिटको बस २०० मिटर तल नदी किनारमा खसेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ।

सोमबार बिहान पाउरीबाट रामनगर जाँदै गर्दा दुर्घटनामा परेको हो। प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा खटिएका छन्। ९ जनाको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। ९ जना घाइतेमध्ये ३ जनालाई उपचारको लागि हेलिकप्टरमार्फत् एम्स अस्पताल लग्ने तयारी भइरहेको समाचारमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here