काठमाडौं । मङ्गलबार तिहारपछि खुलेको सेयर बजार ओरालो लागेर बन्द भएको छ । नेप्से परिसूचक ०.२१ अंक घटेर २६७७.४ मा कायम भएको छ ।
आज कारोबार रकम पनि घटेको छ । गत बुधबार ५ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको भएको छ । कारोबारमा आएका ११३ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ६ को स्थिर रहेकाे नेप्सेले बताएको छ।
आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०६ प्रतिशतले बढेकाे छ। फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.८२, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.३९ र अन्य समूह ०.२४ प्रतिशतले बढेका छन् । बैंकिङ ०.८१, विकास बैंक ०.४८, लगानी ०.०४, उत्पादन ०.२९, माइक्रोफाइनान्स ०.०७ र व्यापार समूह ०.७४ प्रतिशत घटेका छन् ।
सुपरमाइ हाइड्रोपावरको मूल्य १० प्रतिशतल बढेकाे छ । त्यस्तै समाज लघुवित्तको ९.९, युनाइटेड मोदी हाइड्रोपावरको ९.५, गुराँस लघुवित्तको ९.३, रसुवागढी हाइड्रोपावरको ८.७ तथा सान्जेन जलविद्युतको ७.३ प्रतिशत मूल्य बढ्यो ।