राष्ट्रपति रामचन्द्र पौडेलले दिए ट्रम्पलाई बधाई

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।

राष्ट्रपति पौडेलले बुधबार सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई बधाई दिएका हुन्।

‘राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई,’ उनले लेखेका छन्, ‘अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालको सफलताको शुभकामना। उनले लेखेका छन् ‘कार्यकालमा नेपाल-अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त छु। ‘