आइसीसीद्धारा नेपालमाथिको निलम्बन फुकुवा

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल .आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको छ । यद्दपी फुकुवामा विभिन्न सर्तहरु राखिएका छन् ।

ती शर्त भने नेपालले पुरा गर्नु पर्ने भएको छ । सोमबार सम्पन्न आईसीसी बोर्ड बैठकले नेपाल र जिम्बाब्वे माथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

नेपाल २०१६ देखि आइसीसीको निलम्बनमा थियो । क्रिकेट संघ नेपाल (क्यान)को निलम्बनपछि आइसीसीकै नेतृत्वमा क्यानको विधान संशोधन भएको थियो ।

आईसीसी अध्यक्ष शशांक मनोहरका अनुसार यस अवधिमा ‘नेपालले गरेको सुधारलाई दृष्टिगत गरी निलम्बन फुकुवा गरिएको हो ।

अब एसोसिएट सदस्यताको सबै मापदण्ड पालना गर्न नेपाल क्रिकेट संघको संक्रमणकालीन योजना बन्ने भएको छ ।

जसमा जसमा नियन्त्रित फण्डिङ पनि हुने उनले उल्लेख गरेका छन् । आईसीसी क्रिकेट संघ नेपाललाई केके शर्त राखेको छ भन्ने सम्बन्धमा भने विस्तृतमा खुलाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here