अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बनर्जी, डफ्लो र क्रेमरलाई

काठमाडौं २७, असोज । यो वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले सोमबार (आज) अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्नेको नाम सार्वजनिक गरेको हो ।

नोबेल पुरस्कार पाउने अर्थशास्त्रीहरुमा अभिजित बनर्जी, एस्थर डफ्लो र माइकल क्रेमर छन् । गरिबी निवारणमा विश्वव्यापी रुपमा योगदान पुर्याएको भन्दै उनीहरुमा उक्त पुरस्कार प्रदान गरिएको हो । बनर्जी र डफ्लो म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) र क्रेमर हार्वर्ड युनिभर्सीटीमा आवद्ध छन् ।

फरक संस्थामा आवद्ध रहेपनि उनीहरुले प्रायः संयुक्ता रुपमा काम गर्दै आएका छन् । यसकारण पनि उनीहरुलाई संयुक्त रुपमा पुरस्कार दिइएको हो ।

विगत २ दशकयता उनीहरुले गरिबी निवारणका लागि गरेको एक्सपेरिमेन्टल एप्रोचका लागि सम्मान गरिएको हो । विश्वभर ७० करोड जनसंख्या गरिबीमा रहेको तथ्यांक छ ।

भारतीय मूलका अमेरिकी अर्थशास्त्री बनर्जीले भारतमा अपांग बालबालिकाको विद्यालय शिक्षाको व्यवस्थालाई बलियो बनाएका थिए ।

डफ्लो अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने सबैभन्दा कम उमेरकी महिला हुन् । अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने उनी दोस्रो महिला भएको बताइएको छ ।

यसपालीको अर्थशास्त्रतर्फको नोबेल पुरस्कारमा अर्को गजबको संयोग जुरेको छ, बनर्जी र डफ्लो श्रीमान श्रीमती हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here