विश्वकप छनौट : आज नेपालले बलियो प्रतिस्पर्धी जोर्डनको सामना गर्दै

काठमाडौं, २८ असोज । विश्वकप छनोटमा दोस्रो चरणका खेल शुरु भएका छन् । सोही सिलसिलामा मंगलबार नेपाल र जोर्डनबीच खेल हुनेछ । खेल जोर्डनको घरेलु मैदानमा हुनेछ ।

नेपालभन्दा निकै बलियो मानिएको जोर्डनविरुद्ध नेपालको इतिहास समेत पक्षमा छैन । जोर्डनले नेपाललाई सन् २०११ मा ९ गेल गर्दै लज्जास्पद हार चखाएको थियो ।

मंगलबार नेपाल उक्त हारको बदला लिने दाउमा हुनेछ । नेपालले अघिल्लो खेलमा अष्ट्रेलियालाई मात्र ५ गोलमा रोक्न सकेको थियो ।

समूहमा अष्ट्रेलिया सबैभन्दा बलियो टोली हो । त्यसकारण पनि जोर्डनविरुद्ध नेपाल आत्मविश्वासका साथ मैदानमा उत्रने पक्का छ ।

एसियाली महादेशबाट विश्वकप छनौटको समूह (बि)मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई ७-० गोल अन्तरमा सुम्पिएको थियो ।

चाइनिज ताईपेलाई २-० ले हराउन सफल नेपालले तेस्रो खेलमा अष्ट्रेलियालाई हराएको थियो। अम्मान अन्तराष्ट्रिय रंगशालामा खेल ९:४५ बजे शुरु हुने कार्यक्रम तय भएको छ ।

मंगलबारको खेलमा जीत हात पार्न सके नेपालको विश्वकप छनोको सम्भावना जिवितै रहने छ । किनकी नेपालले घरमा खेल्ने खेलहरु सबै बाँकि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here