काठमाडौँ । कतार एअरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ। कतार एअरवेजले मंगलबार देखि दोहा–भैरहवा–काठमाडौँ–दोहा उडान भर्न लागेको हो ।
कतारबाट आएको जहाज दिउँसो साढे तीन बजे भैरहवामा अवतरण हुनेछ । त्यस्तै भैरहवाबाट यात्रु लिएर साढे चार बजे काठमाडौँका लागि उड्नेछ । यही जहाज दोहाका लागि काठमाडौँबाट बेलुका ६ :५५ मा उड्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कतार एअरवेजलाई भैरहवामा दैनिक एउटा उडान गर्न अनुमति दिएको छ । ।
भैरहवाबाट यसअघि थाई एअर एशिया, फ्लाई दुबई, जजिरा र नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।