आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरकाे विवाह गरेर मनाइदै

काठमाडौं । आज हरिबाेधिनि एकादशि। हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

एकादशीका तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर मठलाई विभिन्न रङले सिङ्गारेर फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसीको मठकाे वरिपरि विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here