काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । यो हप्ताको पहिलो २ दिन लगातार उकालो लागेको नेप्से आज ११ दशमलव २४ अंकले घट्दै २७ सय ४८ दशमलव ९६ को विन्दुमा झरेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय १२ कम्पनीका १ करोड ६७ लाख ८६ हजार कित्ता सेयर किनबेच भएको छ । जसबाट ७ अर्ब ८५ करोड ९७ लाख माथिको कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये वित्त निर्जीवन बीमा र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज १ सय ५७ कम्पनीको सेयर मूल्य घटेको छ । यता ८० कम्पनीको सेयरमुल्य उकालो लागेको छ ।