काठमाडौं । केही समययता सुनको भाउमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई सातामा सुनको भाउ प्रतितोला ८ हजार ८०० रुपैयाँ घटेको छ । आज सुनको भाउ थप ४ सय रुपैयाँले मूल्य घटेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुन आज बुधबार १ लाख ६२ हजार २ सय रुपैयाँ तोकिएको छ ।
कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ भएको सुन त्यसपछी लगातार घटेको हो । आज चाँदीको मूल्य भने बुधबार बढेको छ ।
अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९४० रुपैयाँ कायम भएको छ ।