काठमाडौं। आसन्न उपनिर्वाचनमा ४ गाँउपालिकाको उपप्रमुख पदमा महिलाहरु मात्रै उम्मेद्वार बन्न पाउने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सार्केगाड र बाजुराको स्वामिकार्तिक गाँउपालिकाको उपप्रमुख पदका लागि महिलाहरुले मात्रै उम्मेद्वारी दिन पाउने भएका हुन् ।
ती गाँउपालिकाको प्रमुखमा निर्वाचित पुरुषहरु पदमा बहाल रहेकाले राजनीतिक दलहरुबाट महिलाहरु मात्रै उमेद्वार बन्न पाउने निर्वाचन आयोगले निर्णय गरेको हो। उपनिर्वाचन मंसिर १६ गते हुँदैछ ।
उपनिर्वाचनमा ७ वटा स्थानीय तहमा प्रमुख वा उपप्रमुख पदका लागि निर्वाचन हुनेमा चारवटा स्थानीय तहमा यसअघि नै पुरुष निर्वाचित भएकाले अर्को पदका लागि महिला अनिवार्य गरिएको हो ।
स्थानीय तह निर्वाचन ऐन, २०७४ को दफा १७९४० मा दलले स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेद्वारी दिँदा पचास प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्नुपर्ने व्यवस्था छ। त्यो व्यवस्थालाई स्थानीय तहको उपनिर्वाचनमा समेत अनिवार्य हुने गरी निर्वाचन आयोगले व्यवस्था गर्न खोजेको हो ।