१३ दशमलव ९५ अंकले बढ्यो नेप्से, कारोबारमा पनि बृद्धि

काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से १३ दशमलव ९५ अंकले बढेको छ । यो अंकको वृद्धिसँगै नेप्से २७४८ अंकमा कायम भएको छ । आज १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन ७ अर्ब ९१ करोडको कारोबार भएको थियो ।

कारोबारमा आएका १५९ कम्पनीको मूल्य बढ्दा ७९ को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै अर्थात १.३४ प्रतिशत बढेको छ ।

त्यस्तै विकास बैंक १ दशमलव २१, बैंकिङ ० दशमलव ४४, होटल तथा पर्यटन ० दशमल ९३, माइक्रोफाइनान्स ० दशमलव७७ तथा अन्य समूह ० दशमलव ६३ प्रतिशत बढेकाछन् । फाइनान्स ० दशमलव ०९, लगानी ० दशमलव ०३, जीवन बीमा ० दशमलव ०३, उत्पादन ० दशमलव ३, निर्जीवन बीमा ० दशमलव ०८ र व्यापार समूह ० दशमलव ६२ प्रतिशत घटे ।

तीन कम्पनी गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपरहेवाखोला जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। ङादी ग्रुपको ९.७९, माछापुच्छ्रे बैंकको ९.५६, धौलागिरि लघुवित्तको ८.७ प्रतिशत मूल्य बढ्यो ।

रावा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.१२ प्रतिशत घट्यो । त्यस्तै कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.३, पिपुल्स हाइड्रोपावरको ६.०८, सुपरमाइ हाइड्रोपावरको ४.९२, समृद्धि फाइनान्सको ४.३६ प्रतिशत घट्यो ।
धेरै कारोबार भएका कम्पनीमा जानाकी फाइनान्स, ङादी ग्रुप पावर, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर क्रमश अगाडि रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here