४ दशमलव ९८ अंकले बढ्यो नेप्से, ११ अर्ब ७२ करोडको कारोबार

काठमाडौं । आइतबार बजारको परिसूचक नेप्से ४ दशमलव ९८ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २७५३ अंकमा कायम भएको छ । १४५ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ६ को स्थिर रहेको छ ।

आज सेयर बजारमा ११ अर्ब ७२ करोडको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ दशमलव ५ प्रतिशत बढी हो । अघिल्लो दिन १० अर्ब ३२ करोडको भएको थियो ।

यस दिन होटल तथा पर्यटनमा सबैभन्दा धेरै २ दशमलव २१ प्रतिशतको बृद्धि भएको छ । त्यस्तै विकास बैंक ० दशमलव ६२, हाइड्रोपावर ० दशमलव ८५, जीवन बीमा ०।२१, लगानी ० दशमलव १७, माइक्रोफाइनान्स १ दशमलव २८, अन्य ० दशमलव ११ र व्यापार ० दशमलव २४ प्रतिशतले बढेको छ । उत्पादन १ दशमलव १३ प्रतिशत घट्यो । निर्जीवन बीमा ० दशमलव ६९, फाइनान्स १ दशमलव ६३ र बैंकिङ ० दशमलव२१ प्रतिशत घटेको छ ।

उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त, अपरहेवाखोलाको मूल्य १० प्रतिशत बढ्यो । माण्डु हाइड्रोपावरको ९दशमलव ७१, बाराही हाइड्रोपावरको ९दशमलव २९, जनउत्थान लघुवित्तको ८दशमलव ९६, भगवती हाइड्रोपावरको ८दशमलव ४३ तथा ङादी ग्रुप पावरको ८दशमलव ३५ प्रतिशत मूल्य बढेको छ । नारायणी डेभलपमेन्ट बैंक र जानाकी फाइनान्सको ७दशमलव ८ प्रतिशत बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here