३ महिनामै भित्रियो ४ खर्ब भन्दा बढीको रेमिट्यान्स

remit

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ३ महिनामै नेपालमा ४ खर्ब भन्दा बढीको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको पहिलो ३ महिनाको तथ्यांकले यस्तो देखाएको हो । साउन, भदौ र असोज महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ११ दशमलव ५ प्रतिशतले बढी हो ।

सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको संख्या १ लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३ सय ९७ र ४९ हजार २ सय ९७ रहेको राष्ट बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here