काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार तथा ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् । शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य नहुने बताए । उनले भने’कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन, कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको भएपनी कारबाही गरेर छाड्दौ ।’
कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लाई लक्षित गर्दै आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने भन्दै व्यंग गरे । उनले भने ‘उल्टे चोर, कोतवालको डाँटे ।’