कंलकी, थानकोट, नागढुङ्गा-नौबिसे सडकखण्डमा यात्रा गर्दै हुनुहुन्छ ?

काठमाडौं २९ असोज । कंलकी, थानकोट, नागढुङ्गा –नौबिसे सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सडक विभागले सडक मर्मत कार्यं गर्न लागेको हुनाले बुधवार एकतर्फी रुपमा सञ्चालनमा आएको महानगरीय ट्राफिक महाशाखाले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

विज्ञप्ती अनुसार कंलकी, थानकोट सडकखण्ड ढुङ्गे अड्डमा बिहान ९ बजेदेखि र नागढुङ्गा नौबिसे सडक खण्डमा दिउँसो १ बजेदेखि एकतफी सञ्चालन हुनेछ । उक्त सडक खण्डमा जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालना गरि सडक व्यवस्थापन कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ । सडक मर्मतसँगै दुवैतर्फ सवारी चल्ने भएकाले आवतजावतमा समेत सहज हुने महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here