दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ३४ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । सोमबार नेप्से अन्ति समयमा १५.८३ अंकले बढ्दै २६ सय ८३.२४ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज कुल ३ सय ९ कम्पनीका १ करोड २२ लाख ६३ हजार बढी कित्ता सेयर ६५ हजार ८ सय पटक किनबेच हुँदा कारोबार रकम ६ अर्ब ३४ करोड ५८ लाख माथि पुगेको छ । यो अघिल्लो कारोबार दिन आईतबारको तुलनामा कम हो । आईतबार कारोबार पौने ८ अर्ब नजिक पुगेको थियो ।

आज कारोबारमा आएकामध्ये उत्पादनमुलक र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । १ सय ६९ कम्पनीको सेयरमूल्य बढ्दा ६७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here