काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक घटेर बन्द भएको छ । यसअघि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ नेतृत्व पाएसँगै पछिल्ला २ दिनदेखि बढेको नेप्से आज भने ८.३० अंकले घटेकाे हाे । नेप्से २७ सय ४८ को विन्दुमा झरेर बन्द भएको हो ।
कुल ३ सय ७ कम्पनीका १ करोड ६६ लाख ३ हजार ३ सय १५ कित्ता सेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम आज ८ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ पुगेको छ । बुधबार सवा ९ अर्ब माथिको कारोबार भएको थियो ।
आज कारोबारमा आएकामध्ये ३ समुहको परिसुचक उकालो लाग्दा अन्य १० समुहको परिसुचकमा गिरावट आएको छ ।
यस्तै आज कुल १ सय ९४ कम्पनीको सेयरमुल्य घट्दा ५० कम्पनीको सेयरमुल्यमा मात्रै वृद्धि देखिन्छ ।