५ जना प्राविधिक एसपीलाई एसएसपीमा बढुवाको सिफारिस

काठमाडौं । नेपाल प्रहरीका पाँच प्राविधिक उपरीक्षक ९एसपी० हरूको बढुवा भएको छ । उपरीक्षकबाट वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएको हो ।

स्वास्थ्य उपसमूहको चिकित्सकतर्फका चार र इन्जिनियरतर्फको सूचना प्रविधिमा एक गरी पाँच जनालाई एसएसपी बढुवाका लागि सिफारिस गरिएको हो ।

चिकित्सकतर्फ बढुवा सिफारिस हुनेहरूमा प्रहरी अस्पतालको रेडियोलोजी शाखामा कार्यरत डा केदार खड्गी, मेडिसिन शाखामा कार्यरत डा छन्दबहादुर बुढाथोकी, गण्डकी प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा पवनकुमार राय र प्रहरी अस्पताल महाराजगञ्जको डेन्टल शाखामा कार्यरत डा सुवर्ण कुँवर छन् ।

त्यसैगरी सूचना प्रविधितर्फका एसपी श्यामकुमार मण्डललाई एसएसपी बढुवाका लागि सिफारिस गरिएको छ । उनी प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here