बबईमा इन्भेष्टमेन्टको एक्स्टेन्सन काउण्टर

क्लाउडपत्रिका
काठमाडौं १७, फागुन – नेपाल इन्भेष्टमेण्ट बैंकले बर्दिया बासगढी नगरपालिका–१ स्थित बबई चेपाङ्गमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सुर्खेत शाखाको मातहतमा रहने गरी बबई एक्सेन्टर काउण्टर सञ्चालन गरेको हो । एक्स्टेन्सन काउण्टरबाट रकम खातामा जम्मा गर्न र झिक्न मिल्नुका साथै रेमिट्यान्सको सुविधा, मोवाइल बैंकिङ्गलगायत विभिन्न कारोवार गर्न सकिने बैंकले जनाएको छ ।

सुर्खेत कोहलपुुर सडक खण्डमा पर्ने रत्नराजमार्गको बबई चेपाङ्गमा राष्ट्रिय गौरवको बहु चर्चित भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना रहेको छ । हाल बैंकले ७८ वटा शाखा कार्यालय, ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, १ सय १० वटा एटिएम मार्फत मुलुकभर वित्तीय सेवा प्रदान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here