उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न, करिब ६२ प्रतिशत मतदान

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको । आयोगले आइतबार साँझ विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । साथै आयोगले मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताएको छ ।

रिक्त ४१ स्थानका लागि उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेको आयोगले जनाएको छ ।

उपनिर्वाचनमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो । उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र १०२ जना गरी जम्मा ३७६ जना उम्मेदवार थिए ।

मतपेटिका संकलन भएपछि तत्काल गणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगले बताएको छ । ‘एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदानस्थलमा नै हुने व्यवस्था मिलाइएको छ,’ आयोगले भनेको छ । साथै अन्य स्थानमा सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरी मतगणना हुने बताएको छ ।

ओखलढुंगा को जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई नियुक्त भएका छन् । त्यस्तै र कैलाली जिल्लाबाट टीका कुमारी चौधरी ९भुल० निर्विरोध निर्वाचित भएका थिए ।

रूकुम पूर्वी भाग जिल्ला पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here