काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ । लामिछानेलाई चितवनमा पनि उजुरी परेपछि काठमाडौंबाट बयानका लागि चितवन लगिएको हो ।
चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो । काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्याइएका लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा लगेर बयान लिइएको थियो ।