काठमाडौं । चितवनमा रास्वपाका समर्थक र प्रहरीबीच झडप भएको छ । पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुधबार बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो । स्थिती गम्भिर बनेपछी नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ ।
मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो । बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ ।