गौतमबुद्ध विमानस्थलबाट एक महिनामा ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुले लिए सेवा

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले एक महिनामा करिब ५ हजार अन्तर्राष्ट्रिय उडानका यात्रुलाई सेवा दिएको छ । ३ नोभेम्बर अर्थात १८ कात्तिकदेखि ३ डिसेम्बर १८ मंसिरसम्म ४ हजार ७ सय ७१ यात्रुले भैरहवा विमानस्थलबाट सेवा लिएका छन् । यस अवधिमा २ हजार २ सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका थिए ।

विमानस्थल कार्यालय तर्फबाट महाप्रबन्धक प्रताप बाबु तिवारीले विमानस्थ्लको प्रगतीबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा यसबारे जानकारी दिएका हुन् । उनका अनुसार एक महिनाको अवधिमा फ्लाई दुबई ले सबैभन्दा धेरै उडान गरेको छ । यसले १ हजार १ सय १३ यात्रु भैरहवा ल्याएको छ भने १९ जनालाई भैरहवाबाट उडाएको छ । त्यस्तै जजीरा एयर मार्फत सबैभन्दा धेरैले यात्रा गरेको बताइएको छ । जजिराले ३ हजार ३४ यात्रुलाई भैरहवाबाट सेवा दिएको छ । यसले १ हजार ७ सय ९२ यात्रु उडाएको छ भने १ हजार २ सय ४२ यात्रुलाई भैरहवा ल्याएको छ । तथ्यांक अनुसार यो विमानस्थ्ल हुँदै प्रस्थान गर्ने भन्दा आउने यात्रु धेरै देखिएको छ। यस विमानस्थल मा सिधा उडान गर्ने एयरलाइन्स को उडान अवतरण संख्या कम भएतापनि काठमाडौं सँग जोडेर उडान गरी रहेका एयरलाइन्सको भन्दा धेरै यात्रु बोकेको पाइएको छ ।

त्यसैगरी पर्यटकीय उद्धेश्यले भन्दा श्रम गन्तव्यमा उडान गर्ने यात्रु उलेख्निय रहेको र धेरै यात्रुको छनोटको गन्तव्य कुवेत रहेको पाइयो छ । अर्को तर्फ, बजेट एयरलाइन्सले फूल सर्भिस् एयरलाइन्स भन्दा धेरै यात्रु बोकेको अध्ययनले देखाएको छ। सिधा र लोकस्ट एयरलाइन्स, त्यसमा पनि श्रम गन्तव्य धेरैको छनोट रहेको पाइएको हुँदा वायु सेवा कम्पनीले बिजनेस लाई प्राथमिकता दिने भएकाले आगामी दिनमा यसैका आधारमा मार्केटिङ र विजनेस अनुकूल रणनीति बनाउन पर्ने कुरा लाई माननीय श्रम मन्त्री मन्त्री शरद सिंह भण्डारीले जोड दिए ।

साथै मन्त्रालयको तर्फ बाट गर्नु पर्ने विषयमा भैरहवा स्थित सबै निकायका प्रतिनिधिलाई आश्वस्त पनि पारे । कार्यक्रम मा माननीय उपप्रधान तथा अर्थ मन्त्रीज्यू को उपस्थिति समेत रहने कार्यक्रम भएता पनि कार्य व्यस्तता का कारण उपस्थिति हुन नसक्नु भएको ले सरकार दिगो उडान सञ्चालनमा दृढ रहेको व्यहोरा समेत जानकारी गराइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here