निदान अस्पतालका सिइओ र डाक्टरसहित ५ जना पक्राउ

काठमाडौं २९ असोज । प्रहरीले निदान अस्पतालका सीइओ सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। मानव बेचबिखन व्यूरोको टोलीले मानव अंग मृर्गौला किनबेच गरेको विशेष सूचनाका आधारमा सिइओ र डाक्टरसहित पाँच जनालाई नियन्त्रणा लिएको हो । ३ लाख रुपैयाँमा मृगौला किनबेच भएको थाहा पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको
बुधवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भएका शंकरलाल लामा, काठमाडौंका विपेन्द्र प्रधान, सप्तरी कन्चनपुर नगरपालिका घर भएका कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, र रामचन्द्र आले रहेका छन् । प्रधान,अस्पतालका कानुनी सल्लाहकार र पन्त अस्पतालका चिकित्सक भएको प्रहरीले जानकारी दिएको छ। उनीहरुमाथि पक्राउपछि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here