काठमाडौं । आइतबार नेप्से परिसूचक ४५.९३ अंक घटेको हो ।
सो अंकको गिरावटपछि नेप्से २६८९ मा कायम भएको छ । बजारमा उच्च गिरावट हुँदा कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो काराेबारकाे दिन ८ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो ।
आज कुल २७ कम्पनीको मूल्य बढ्दा २१४ को घटेको छ भने ३ को स्थिर रह्यो ।
सबै क्षेत्रका सूचक घटेका छन् । लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घटेकाे नेप्सेले जानकारी दिएकाे छ । आज बैंकिङ १.८६, विकास बैंक १.०४, फाइनान्स १.८४, होटल तथा पर्यटन १.८१, हाइड्रोपावर १.९८, लगानी १.३३, उत्पादन ०.३२, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.८३, अन्य ०.८१ तथा व्यापार समूह २.१३ प्रतिशत घटेका छन् ।