काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असद रुसको राजधानी मस्को पुगेका छन् । रुसी सरकारी समाचार एजेन्सीहरूका अनुसार बसर अल असद परिवारसहित मस्को गएका हुन् ।
सिरियाका राष्ट्रपति असदलाई रुसले शरण दिएको छ। विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) आइतबार देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए ।
त्यसाे त असद चढेकाे विमान दुर्घटनामा परेको हल्ला पनि चलेको थियोे ।